गगन थापालाई पत्र लेखेर धनकुटाका १९ जनाले छोडे कांग्रेसधनकुटाका १९ जना नेपाली कांग्रेसका सदस्यहरूले केन्द्रीय सभापति गगनकुमार थापालाई पत्र लेखेर पार्टीबाट अलग भएको घोषणा गरेका छन् । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले साधारण सदस्यसमेत नरहने गरी कांग्रेस पार्टी परित्याग गरेका हुन् ।Share